सामाजिक अभियन्ता केसीको निधन

पाल्पा । सामाजिक अभियन्ता मीनबहादुर केसीको निधन भएको छ ।

तानसेन नगरपालिका–३ बसन्तपुर निवासी केसीको ७८ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

केही समय अघिदेखि खुट्टाको समस्याका कारण उपचारमा रहनुभएका केसीको युनाइटेड मिसन अस्पतालमा उपचार सम्भव नभएपछि क्रिमसन अस्पताल रुपन्देहीमा भर्ना गरी उपचार गरिएको थियो । करिब एक हप्ता उपचार गरी घर ल्याएको केही समयमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

केसीको निधनले पाल्पाको शिक्षा क्षेत्रको विकासमा खट्ने एक अभियन्ता गुमाएको छ । संस्थागत तथा सामुदायिक विद्यालयको सुधार नभएसम्म देशमा शिक्षा क्षेत्रको सुधार सम्भव छैन भन्ने बुझ्नु भएका केसीले लामो समय सेन माध्यमिक विद्यालयमा प्रधानाध्यापक भएर सेवा गर्नुभएको थियो ।

केसीको एक श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।

सम्बन्धित खवर