चरचरे र जनजीवनलाई भलिबल कपको उपाधि

पाल्पा । विजया दशमी तथा शुभ दिपावलीको अबसरमा लाङ्घाली क्लब निलो तिनाउ ५ मराम्कोटले आयोजना गरेको भलिबल कप २०८० को उपाधि चरचरे भलिबल क्लब र जनजीवन क्लब श्रीडाँडाले हात पारेका छन् । युवा तर्फको खुल्ला भलिबल प्रतियोगितामा चरचरे भविबल क्लब ए ले आयोजक लाङ्घाली निलो ए लाई ३ शुन्यको सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।

यस्तै गरी तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा चरचरे वि ले आयोजक सि टिमलाई हराउदै तेस्रो स्थान सुरक्षित गरेको हो । आयोजक सि भने सान्त्वना स्थान मै चित्त बुझाउनु परेको छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रस्तुत गर्ने चरचरेका ए का मनिष मगर उत्कृष्ट खेलाडी घोषित भएका छन् । यस्तै गरी चरचरे ए कै अर्का खेलाडी हिरा सुर्यवंसी उत्कृष्ट सेटर लाङ्घाली निलो ए का सरोज शाही उत्कृष्ट स्पाइकर तथा चरचरे वि का खेलाडी राजकुमार रास्कोटी उदयमान खेलाडी घोषित बन्न सफल भएका छन् ।

युवातर्फ जम्मा २४ समूहको सहभागिता रहेको थियोे । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश नगद ३५ हजार, २१ हजार, १० हजार र सान्त्वना हुनेले ५ हजार सहित ट्रफी मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । यस्तै गरी ४० वर्ष माथिका खेलाडी सहभागिता रहेको प्रौढ भलिबल प्रतियोगिताको उपाधि जनजीवन क्लब श्रीडाँडाले हात पारेको छ । जम्मा ७ समूहको सहभागिता रहेको प्रतियोगितामा जनजीवनले चरचरेलाई दुई एकको सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।

प्रौढतर्फको प्रतियोगितामा आयोजक लाङ्घाली निलो तेस्रो भएको छ । प्रतियोगितामा जनजीवनका खेम भुसाल उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने समूहलाई क्रमश १० हजार, ६ हजार र ४ हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

विजय समूहलाई पुरस्कार प्रदान गर्दै तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले खेलकुदको विकासका लागि गाउँपालिकाले आवश्यकता अनुसार लगानी गर्ने बताउनुभयो । उहाँले खेलकुदले नागरिकलार्य शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकोले यस विषयमा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्व वडाध्यक्ष दलबहादुर दर्लामीले प्रतियोगिताले भाइचारा बढाउनुका साथै प्रतिभा प्रस्तुत गर्ने अबसर मिल्ने बताउदै यस्ता गतिविधिलाई निरन्ततरता दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर