भेटाएको २ लाख बढी रकम सम्बन्धित व्यत्तिलाई फिर्ता

पाल्पा । माथागढी ३ कसेनी सराई घर भएकी २२ वर्षिय दिलमाया घर्तिमगरले भेटाएको २ लाख १४ हजार ५ सय नगद सहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुभएको छ ।

सोमबार दिउँसो स्याङ्जाको वालिङबाट बुटवलतर्फ जाँदै गरेको बसमा घर्तीमगरले नगद सहितको झोला फेला पार्नु भएको थियो । फरक परेको झोलामा नगद देखेपछि माथागढी ३ का वडाध्यक्ष तेजबहादुर घर्तीमगरको सम्पर्कमा आएर तत्काल सामाजिक सञ्जाल मार्फत विवरण खुलाएर सम्बन्धित व्यक्ति झोला बुझ्न आउन अनुरोध गरिएको थियो ।

वडाध्यक्ष घर्तीमगरले घटनाको पूरा विवरण सहित मोवाइल नं. राखेर गरेको सामाजिक सञ्जाल फेसबुकको अपील अनुसार पर्वत माहाशीला गाउँपालिका वडा नं. ४ पाख्रीबोट डाँडाघर घर भएका २९ वर्षका टिपक परियार झोला तथा पैसा आफ्नो भएको दावी सहित सम्पर्कमा आउनुभएको हो ।

बसमा यात्रा गरेर ओर्लने समयमा झोला साटिएकोले समस्या भएको बताउँदै सबै विवरण एकिन गरेर झोला र नगद जिल्ला प्रहरी कार्यालय पाल्पामा प्रहरी र वडाअध्यक्ष घर्तिमगरको रोहबरमा परियारलाई हस्तान्तरण गरिएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय