
पाल्पा । रामपुर नगरपालिकामा पालिकास्तरीय पोषण कार्यक्रमहरुको समीक्षा गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा भएको समीक्षा गोष्ठीमा आर्थिक वर्ष २०७९/०८० को समीक्षा गर्नुका साथै आर्थिक वर्ष २०८०/०८१ को योजना तर्जुमा समेत गरिएको छ ।
गोष्ठीमा गत आर्थिक वर्षमा नगरपालिकामा भएको पोषण सम्बन्धी गतिविधिको उपलब्धि, समस्या, पोषणको अवस्था, बाल स्वास्थ्य पोषण, कुपोषण र आगामी दिनमा पोषण सम्बन्धी गरिने कार्यक्रमको बारेमा छलफल भएको थियो ।
कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक सिमादेवी थापाले नगर भित्रका बालबालिकालाई पूर्ण पोषणयुक्त बनाउन स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई लगनशील भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले बालबालिकालाई कुपोषण हुन नदिन मातृ तथा अविभावक शिक्षा सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पोखरेलले मानव स्वास्थ्यमा पोषणको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले पोषणको कमिले मानव स्वास्थ्यमा दीर्घकालीन असर पर्ने, बाल मृत्यूदर बढ्ने भएकाले बाल पोषणमा ध्यान दिन आग्रह गर्नुभयो ।
गोष्ठिमा रामपुर नगरपालिका स्वास्थ्य शाखाका नसिंङ निरीक्षक पुनम धितालले सम्बन्धित विषयमा सहजीकरण गर्नु भएको स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जानकारी दिनुभयो ।