शीत भण्डार एक हप्ताका लागि खुल्ला

पाल्पा । रामपुर शीत भण्डार एक हप्ताका लागि खुल्ला गरिएको छ । शीत भण्डारमा राखिएको आलु निकाल्नका लागि एक हप्ता शीत भण्डार खुल्ला गरिएको हो । कृषक तथा उपभोक्ताले राखेको आलु निकाल्नका लागि शीत भण्डार आइतबारदेखि आगामी कार्तिक १८ गते सम्म खुल्ला गरिएको हो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले यस क्षेत्रका कृषकहरुको आवश्यकता र सुविधालाई मध्यनजर गरी शीत भण्डार सञ्चालन गरेको बताउनुभयो । उहाँले कृषि उपज भण्डारणका लागि नगरपालिकाले शीत भण्डार निर्माण गरे पनि पर्याप्त मात्रामा कृषि उपज राख्न नसक्दा समस्या भएको बताउनुभयो । शीत भण्डारमा भण्डारणको क्षमता धेरै भए पनि कृषि उपज भण्डारण नभएको बताउनुभयो । सञ्चालनको पहिलो वर्षमा प्राविधिक त्रुटीका कारण शीत भण्डारमा केही समस्या देखिए पनि अहिले त्यस्तो समस्या नरहेको भन्दै ढुक्कका साथ शीत भण्डारमा कृषि उपज भण्डारण गर्न कृषकहरुलाई उहाँले आग्रह गर्नु भएको छ ।

रामपुर नगरपालिका र सुर्योदय कृषि सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको सहकार्यमा शीत भण्डार संचालन हुँदै आएको सहकारी संस्थाका अध्यक्ष बुद्धिराज गौतमले जानकारी दिनुभयो । अहिले आलु निकाल्नका लागि खुल्ला गरिएको शीत भण्डार विहान १० बजे देखि ५ बजे सम्म खुल्ला रहने सहकारी संस्थाका सचिव विष्णु रेग्मीले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय