
पाल्पा । रानीमहल नजिक भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेको नाम घाइते रहेका जिप चालकका अनुसार अन्दाजी ६५ वर्षका कृष्णबहादुर लोहनी, ५५ वर्षकी चुना धिताल, ३५ वर्षकी सविना घिताल, ५५ वर्षकी पार्वती लोहनी, ११ वर्षका सोवित लोहनी र साढे दुई वर्षका इसव लोहनी रहेका छन् । मृतककाे ठेगाना खुल्न सकेकाे छैन्र ।
स्थानीयका अनुसार बा.प्र ०१२६ च ७२०९ नंं जिप रानीमहल दरवारबाट तानसेनतर्फ फर्कर्दै गर्दा दुर्घटनामा परेको जानाएका छन् । दुर्घटनास्थल खोँच रहेको र उद्दारमा कठिनाई भएकाले ठेगाना बारे थप विवरण आउन बाँकी रहेको छ । घाइते चालक लोहनीलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल पठाइएको छ भने अन्य मृतकको शव लिकाल्न समेत समस्या रहेको पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले जानकारी दिनुभयो ।