हार्थोक बजारमा डस्बिन वितरण

पाल्पा । रिब्दीकाेट गाउँपालिकाले हार्थोक बजारमा डस्बिन वितरण गरेको छ । 

वडा न ३ को हार्थोकमा बजारबाट उत्पादित फोहोरमैला व्यवस्थापनका लागि  डस्बिन वितरण गरेको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो ।

उहाँले  सबैले कुहिने र नकुहिने फाेहाेरलाई छुट्टाएर व्यवस्थापन गर्न अनुरोध गर्नुभएको छ  । कार्कीले  कुहिने फोहोरबाट मलको उत्पादन समेत गर्न सकिने बताउनुभयो ।

घरबाट निस्किने फोहोरमैलाको उचित व्यवस्थापन गरि सभ्य नागरिकको पहिचान बनाउन आम नागरिकलाई आव्हान गर्नुभएको छ ।

वडा न ३ बाट विनियोजित ६२ हजार बजेटबाट ८५ वटा डस्विन वितरण गरिएको वडा न ३ को कार्यालयले जनाएको छ ।

  

सम्बन्धित खवर