पाल्पा । दसैँ लागेसँगै पाल्पाको राष्ट्रिय वाणिज्य बैंकमा सेवाग्राहीको भीड बढेको छ ।
अरुबेला कम भिड देखिने राष्ट्रिय वाणिज्य बैंकको पाल्पा शाखामा सेवाग्राहीको घुइँचो ह्वात्तै बढेको हो । केही दिन अघि देखि पैसा झिक्ने र साट्नेहरूको चहलपहल बढेको हो ।
सेवाग्राहीहरूको बिहान ९ः३० बजेदेखि नै लाइन लाग्ने गरेको छ । निजी बैक तथा अन्य सरकारी बैकमा भने चहलपहल सुनसान छ । दिनभर भिडमा बस्नुपर्दा समस्या भएको
तानसेन -९ कि सुमित्रा पाण्डेले बताउनुभयो । दसैँमा नयाँ र खुद्रा नोट आवश्यक पर्ने भएकाले साट्नका लागि बिहान ९ बजे नै तानसेन आएको उहाँले बताउनुभयो ।
नेपालीहरूको महान् पर्व बडादसैँ, तिहार र छठलाई लक्षित गरेर नयाँ नोट साट्ने सुविधा दिएपछि बैंकमा सेवा ग्राहीको भिड लागेको हो ।
बैंकले हरेक वर्ष दसैँ अगावै चाडबाडको अवसरमा नयाँ नोट सटहीको सुविधा सर्वसाधारण लाई दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरूमा जस्तै ५, १०, २०, ५० र एक सय रुपैयाँका नोट साट्ने व्यवस्था मिलाएको बैकले जनाएको छ ।
यस बर्स निजी अन्य बैङ्क हरूमा नयाँ पैसा साट्न नपाएपछि राष्ट्रिय वाणिज्य बैंकमा भिड बढेको हो।