पूर्व मन्त्रीद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

पूर्व उद्योग मन्त्री, नेकपा एकीकृत समाजवादी पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेशका अध्यक्ष सोमप्रसाद पाण्डेयले हिन्दुहरूको महान् पर्व विजया दशमी, शुभ दीपावली, छठ पर्व र नेपाल संवत्का अवसरमा शुभकामना आदान–प्रदान गर्नुभएको छ  ।

पाण्डेले बुधवार एक कार्यक्रमको आयोजना गरी तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसमा एक आपसमा शुभकामना आदान–प्रदान गर्नुभएको हो  ।

यस अघि नयाँ वर्षको अवसरदेखि शुभकामना आदान–प्रदान गर्ने परम्परा बसाल्नुभएका पाण्डेले  चाडपर्वमा पनि निरन्तरता दिनुभएको छ  ।

उहाँले  घर आगनमा आईपुगेको विजया दशमी, शुभ दीपावलीका अवसरमा जिल्लाका विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई एकै ठाउँमा राखेर एक आपसमा शुभकामना आदान–प्रदान गर्नुभएको हो ।

लामो समयदेखि राजनीतिक क्षेत्रमा सक्रिय बन्दै सरकारको उच्च ओहोदामा पुग्नुभएका  पाण्डेयले नयाँ वर्षको पहिलो दिनदेखि थालेको साहित्यिक यात्रालाई अहिले पनि निरन्तरता दिनुभएको छ  ।

पाण्डेयले देश तथा विदेशमा रहेका नेपालीहरूलाई कविताबाटै शुभकामना व्यक्त गर्नुभयो  । पाण्डेयले आम नागरिक सधैँ खुसी, सुखी, स्वास्थ्य रहन सकुन् भन्ने कामना गर्नुभएको छ । उहाँले कुनै पनि नागरिकको आँखामा आँसु देख्न नपरोस्, सबैमा समृद्धि छाओस्, सधैँ सकारात्मक सोच, परोपकारी भावना जागृत होस्, सबैमा देशप्रति राष्ट्रिय र प्रेम भाव पैदा होस् भन्ने कामना समेत कवितामार्फत व्यक्त गर्नुभएको छ  ।

पाण्डेयले कविता वाचन गर्दा हलमा उपस्थित सबै अचम्म परी सुनिरहेका थिए । सधैँ राजनीतिक भाषणमार्फत जनताको आवाज बोल्ने पाण्डेयले आफ्नै रचनामा कवितामार्फत जनताप्रति शुभेच्छा प्रकट गर्दा धेरै जना अचम्ममा परेका हुन्  ।

शुभकामना आदान–प्रदान कार्यक्रममा जिल्लाका प्रमुख व्यक्तिहरू, पूर्व मन्त्री, सांसद, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलहरूका प्रमुख तथा प्रतिनिधिहरू, प्राध्यापक, साहित्यकार,पत्रकार, विद्यार्थी लगायतले एक आपसमा पुष्प गुच्छा  लिएर शुभकामना आदान–प्रदान गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय