पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाले अशक्त व्यक्तिहरूको घर घरमै पुगेर अपाङ्गता परिचय पत्र वितरण गरेको छ ।
गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारी,वडा न १ का वडा अध्यक्ष चिरञ्जीवी पोखरेल सहितको टोलीले घरदैलोमा स्थानीय सरकार रहेको आभास गराउन घरमै पुगेर परिचय पत्र वितरण गरेको हो ।
रिब्दीकोट गाउँपालिका अपाङ्ग समन्वय समिति एवम् वडा न.१ को सहजिकरणमा रिब्दीकोट गाउँपालिका वडा न. १ जोगिथुम निवासी फरक क्षमता भएका व्यक्तिहरूलाई निजहरूकै घर दैलोमा पुगी परिचय पत्रहरू वितरण गरिएको हो ।
जनताप्रति संवेदनशील भई फरक क्षमता भएका र अति अशक्त व्यक्तिहरूलाई घरदैलोमा पुगेर परिचयपत्र वितरण गरिएको गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले बताउनुभयो ।