पाल्पा । प्रेस चौतारी नेपाल पाल्पाले बडा दसैँ २०८० को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका अवसरमा प्रेस चौतारीको नियमित प्रकाशनमा रहेको चौतारी बुलेटिन सार्वजनिक गर्नुका साथै जिल्लाका स्थानीय तहका चौतारीले एमाले नेतृत्वको बिचमा गरेको समन्वय बैठकको समीक्षा समेत गरिएको थियो । स्थानीय तहमा जिम्मेवारी प्राप्त गर्नुभएका टोली नेताहरुले बैठमा प्राप्त सुझाव सक्षिप्तमा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र नं. २ का संघीय सांसद ठाकुरप्रसाद गैरेले नेपालीहरुको महान पर्व विजया दशमी दीपावली, छठ पर्व र नेपाल सम्वत् ११४४ को अवसरमा सबै नेपाली जनमा शुभकामना व्यक्त गर्नुभयो । उहाँले चौतारी आबद्धपत्रकारहरु उच्च व्यवसायिकतासहित सम्झौता विहिन पत्रकारितामा क्रियाशील हुनुपर्ने बताउनुभयो । उहाँले पत्रकारिता सधै गरिखाने जनताको पक्षधरतामा उभीनुपर्ने बताउनुभयो । सांसद गैरेले अहिलेको सरकार जनजीवीका र विकास निर्माण, बजेट कार्यान्वयनसहित हरेक सन्र्दभमा मौन रहदा नागरिकले सास्ती खेप्नुपरेको बताउनुभयो । उहाँले नेपालमा स्थिर सरकार आवश्यक रहेको बताउदै पार्टीले अघि सारेको मिसन ८४ सफल बनाउन केन्द्रीत हुनुपर्ने बताउनुभयो । सांसद गैरेले चौतर्फी घेराबन्दीका बिच पनि हामीले प्राप्त गरेको नतिजालाई ध्यानमा राखेर काम गर्दा लक्ष्यमा पुग्न कुनै शक्तिले नछेक्ने दाबी गर्नुभयो ।
नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले बडा दसैँको शुभकामना व्यक्त गर्दै प्रेस चौतारी पाल्पाको क्रियाशीलताको प्रशंसा गर्नुभयो । उहाँले चौतारीकर्मीहरुले सधैभरी हुँदा खाने वर्गको हितमा कलम चलाउनुपर्ने बचाउनुभयो ।
पाल्पा क्षेत्र नंं १ का संघीय सांसद नारायणप्रसाद आचार्यले हरेक गतिविधि संस्थागत रुपमा सञ्चालन गर्दा स्थापित भइने बताउनुभयो । उहाँले पार्टी र संगठनहरु बिच भूमिका अनुसारको समन्वय र सहकार्य अनिवार्य रहेको समेत बताउनुभयो । साँसद आचार्यले जिल्लामा भएका विकासका काम बारे खुलेर प्रचार गर्ने, जनताका समस्या उठान गर्ने काममा चौतारी थप सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सभा सदस्य खेमबहादुर सारुले व्यवसायिक पत्रकारिता अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले आर्थिक विकासले सबै क्षेत्रमा क्रियाशील हुन मद्दत गर्ने बताउदै चौतारी आबद्ध सदस्यहरु पेशालाई व्यवसायिक रुपमा अगाडि बढाउनपर्नेमा जोड दिनुभयो । सोही अवसरमा प्रदेश सभा सदस्य सारुले २५ हजार ५ सय २५ रुपैयाँ बराबरको अक्षयकोष रकम हस्तान्तरण गर्नुभएको थियो । प्रदेश सभा सदस्य इन्द्रा गहतराजले सत्य र तथ्यका आधारमा जनतालाई सूचना प्रवाह गर्न प्रेस चौतरीका सदस्य सक्रिय हुनुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले जिल्लामा सुशासन, पारदर्शीता र जवाफदेहिता वृद्धि गर्नका लागि पत्रकारहरु इमान्दार भएर कलम चलाउनुपर्ने बताउनुभयो ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज कमलराज तिल्सिेनाले चौतारीले संगठन चिनाउन र सहकार्यको वातावरण निर्माणका लागि पालिका स्तरमा समन्वय बैठक गरेको बताउनुभयो । उहाँले बैठकबाट प्राप्त सुझावहरु कार्यान्वय गर्दै चौतारीलाई थप सशक्त बनाइने बताउनुभयो । प्रेस चौतारी नेपालकी केन्द्रय सदस्य तथा पाल्पा इन्चार्ज अमृता अनमोलले पत्रकारहरुको मुख्य पेशा समाचार लेखन भएको बताउनुभयो । उहाँले समाचार लेखेर बाच्ने अवस्थाको सिर्जना गर्नका लागि स्थानीय सरकार र संगठनहरुको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
शुभकामना आदान प्रदान कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख काशीका गैरे, पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापा, रम्भा गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारी, बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक, प्रवक्ता टीकाबहादुर थापा, प्रेस चौतारीका केन्द्रीय अनुशासन आयोगका सदस्य किरण कौशल, प्रदेश सदस्य राजेन्द्र लिगल, कृष्ण पोखरेल, कोषाध्यक्ष नेत्रप्रसाद गैरे , सचिवालय सदस्य दयाराज न्यौपाने,सदस्य यज्ञमूर्ति तिमिल्सिना र नवराज ज्ञवाली, पाल्पा व्यापार संघका प्रथम उपाध्यक्ष विष्णुबहादुर कार्कीलगायतले नेपालीहरुको साझा पर्व बडादसैँको शुभकामना व्यक्त गर्नुभयो । उहाँहरुले पार्टी र जनप्रतिनिधिहरु बिच समन्वय अति आवश्यक रहेको कुरामा जोड दिँदै गतल कार्यको खवरदारी र सही कामको प्रचारका लागि चौतारी निरन्तर खट्नुपर्ने बताउनुभयो ।
कार्यक्रम प्रेस चौतारी पाल्पाका उपाध्यक्ष सन्तोष बस्यालको स्वागत, सचिव नारायण न्यौपानेको सञ्चालन र अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा चलेको हो ।