ग्रामीण वचत तथा ऋण सहकारीको २५ औं साधारण सभा

रामपुर । ग्रामीण वचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर २ पाल्पाको २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभामा रामपुर नगरपालिका कार्यवहाक नगर प्रमुख बाल कुमारी थापाले सहकारी संस्थाहरु उद्देश्य अनुरुप चल्न नसक्नु चुनौतीको विषय भएको बताउनुभयो । जुन उद्देश्यले सहकारी स्थापना भएको हो सोही अनुसार सहकारी चल्न नसक्दा सहकारीको अवस्था नै संकटमा पर्दै गएको उहाँको भनाइ थियो । कार्यवाहक नगर प्रमुख थापाले हरेक सहकारीले कृषि र व्यवसाय गर्ने व्यक्तिलाई लगानी गर्दा अन्य क्षेत्रमा भन्दा सस्तो व्याजदरमा ऋण प्रवाह गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले नगर भित्रका सवै सकारीको प्रवद्र्धन गर्ने नीति र विभिन्न कार्यक्रम सहित नगर सरकार अघि बढेको समेत उल्लेख गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँणले सहकारीको विकासका लागि सबै शेयर सदस्य र समिति जिम्मेवार हुनु पर्ने बताउनुभयो । संस्थाले गरेका कामको समीक्षा गरी रणनैतिक योजनाका साथ जानु पर्ने उहाँले बताउनुभयो । उत्पादनमूलक क्षेत्रमा लगानी बढान आग्रह गर्दै ऋणको सही सदुपयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहकारी संस्थाका पूर्व अध्यक्ष नारायण प्रसाद सिग्देल र उपाध्यक्ष शालिकराम सिग्देलले संस्थाको प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष पूर्ण बहादुर खाँणले एउटै उद्देश्यका साथ अगाडी बढ्न आग्रह गर्दै सहकारीलाई बलियो बनाउन सबैको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले सहकारीले बैदेशिक रोजगारीबाट फर्की कृषि पशुपालन व्यवसाय गर्न चहाने युवाहरुका लागि रामपुर नगरपालिका संगको सहकार्यमा कार्यक्रम गर्ने बताउनु भएको छ ।

साधारण सभाका अवसरमा असल बचतकर्ता प्रकाश कार्की क्षेत्री , असल ऋणी सुकमाया विश्वकर्मा, ज्येष्ठ सदस्य फुलमाया सार्कीलाई नगद सहित सम्मान गरिएको थियो । यस्तै सहकारीका पूर्व सञ्चालक समतिका पदाधिकारी र उपसमितिका संयोजकहरुलाई सम्मान गरिएको छ । संस्था अध्यक्ष खाँणको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष बोम बहादुर थापाको स्वागत र सचिव पदम अधिकारीको सञ्चालनमा भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय