
पाल्पा । माथागढी गाउँपालिकामा जनप्रतिनिधि र नेपाल खेलकुद पत्रकार मञ्च बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।
गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले नेपालीहरुको चाडको अवसरमा जनप्रतिनिधि र पत्रकार बिच भातृत्व कायम गर्ने र खेलमैदानको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो।
तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिदीले जिल्लाकै खेलमैदानको रूपमा सराई खेलमैदानलाई विकास गर्ने योजना रहेको बताउनुभयो ।
कार्तिक ३ गते माथागढी ३ सराई खेल मैदानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिने नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष माधव प्रसाद अर्यालले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलन कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्ती एवं पत्रकारहरूको उपस्थिति रहेको थियो ।