पाल्पामा एकैदिन दुई जनाको मृत्यु

तानसेन । पाल्पामा एकैदिन दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तु महाराजगन्ज नगरपालिका–६ सहरनिया बस्ने ३० वर्षीय ईजमान खान र तानसेन–१ उकालो पिपल बस्ने वर्ष ४० को खुम बहादुर सार्की रहेका छन् ।

खान रैनादेवी छहरा गाउँपालिका २ को  सिजी कम्पनीको ट्रस्ट निर्माणको क्रममा मङ्गलवार दिउँसो २:३० बजेको समयमा  २२ मिटर माथिबाट खसेर घाइते हुनुभएको थियो ।

उहाँको उपचारको क्रममा युनाईटेड मिसन अस्पताल तानसेनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताउनुभयो ।

यस्तै  मङ्गलवार बिहान तानसेन १ का खुम बहादुर सार्की आफ्नै घरमा मृत फेला परेको श्रेष्ठले बताउनुभयो ।

दुवै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय