
तानसेन । पाल्पा जिल्लाको प्रसिद खाजा भनेर चिनीने बटुक र चुकाउनी पाल्पाका स्थानीयको आम्दानीको स्रोत बनेको छ ।
बुटवल पाल्पा सडक खण्डको झुम्साबाट बर्तुङग सम्मका साना टहरा देखी ठुला होटेल सम्मका खाजामा चुकाउनी र बटुक अनिवार्य देखिन्छ । बटुक र चुकाउनीले पाल्पालाई प्रख्यात बनाएको चुकाउनीको ब्यापार गर्दै आउनुभएका शिव मगरले बताउनुभयो ।
झुमसा बाट एक दुई वटा टहरा र होटलमा देखिने यो खाजा पाल्पाको गैडेखोलामा भने एकै समुदायका २२ घरपरिवारले चुकाउनी र बटुक बनाएर आम्दानी गर्दै आएको बर्षौवर्ष भयो । एकैठाउँमा २२ वटा टहरा छन् । यात्रा गर्ने यात्रुलाई आफुहरुले बनाएको खाजा खुवाउनका लागी व्यापारीहरु व्यस्त देखिन्छन् ।
यमकुमारी आले बिहानै ४ बजे देखि साझ ९ वजे सम्म टहरामै बस्नुहुन्छ । पूर्वदेखी पश्चिम यात्रा गर्ने यात्रुले रैथाने खाजालाई मनपराइदिएकोमा उँहा खुसी हुनुहून्छ , यहि टहराले नै घरखर्च चलेको बताउदै वार्षिक ३,४ लाख आम्दानी हुने बताउनुभयो ।
सडकमा टहरा बनाएर व्यापार गरेका व्यापारीले वर्षेनि गाउँपालिका र नगरपालिकालाई कर बुझाउदै आएका छन् । स्थानीय उत्पादन र रैथाने खाजाले पाल्पालाई चिनाउन सफल भएको त छदै छ की स्वदेशमै आम्दानीको गतिलो स्रोत समेत बनेको छ ।