अभिभावकत्व को जिम्मेवारी लिँदै माथागढी गाउँपालिका

पाल्पा। माथागढी गाउँपालिकाले अभिभावकत्वको जिम्मेवारी लिएको छ ।

बाबुआमा नभएका अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिएको हो । गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदिले आमाबाबु दुवै नभएका बालबालिकाका लागि आवश्यक पोसाक र शैक्षिक सामग्री खरिद गर्न प्रतिविद्यार्थी वार्षिक १० हजार रुपियाँ खर्च गरिने बताउनुभयो ।

उहाँले पालिकाभित्र ४१ जना बालबालिका अभिभावकविहीन रहेको बताउनुभयो । उनीहरूका लागि बाल कक्षादेखि कक्षा १२ सम्मको अध्ययनका लागि सहयोग गरिएको छ ।

विदेश गएर बाबुको मृत्यु भएको, आमाले हेरचाह नगरेको, बाबुआमाले अन्तै विवाह गरेर टुहुरा बनेका बालबालिकाको शैक्षिक जिम्मेवारी पालिकाले लिएको प्रवक्ता शङ्कर दर्लामीले जानकारी दिनुभएको छ ।

गत स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिहरू निर्वाचित भएपछि पहिलो पटक गरेको निर्णय कार्यान्वयन भएको गाउँपालिकाका  अध्यक्ष यम बहादुर चिदीले बताउनुभयाे ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय