एक वर्षमा ५० लाख बराबरको नाफा गर्दै सहकारी 

पाल्पा । मदन पोखरा संगम बहुउद्देश्यीय सहकारी संस्थाले ५० लाख बराबरको नाफा गरेको छ । 

संस्थाले आफ्नो पाँचौँ वार्षिक साधारण सभामा संस्थाले आर्थिक बर्ष ७९/८० मा ५० लाख ३९ हजार ६ सय ९६ रुपैंया आयकर पछिको नाफा रहेको जनाएको छ ।

संस्थाका अध्यक्ष घनश्याम घिमिरेले १४ करोड १७ लाख ३२ हजार ८ सय ८४ रुपैंया ८० पैसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सो कुरा बताउनुभएको हो । संस्थाको १ करोड ९१ लाख ३६ हजार ३ सय रुपैंया सेयर पुँजी रहेको पनि उहाँले जानकारी दिनुभयो ।

तानसेन ९ तिन्टीआँपमा रहेको मदन पोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो पाचौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

साधारण सभाको अवसरमा एसइई परीक्षामा ३.७० जिपिए ल्याउने सेयर सदस्यका छोराछोरी, धेरै कृषि उपज उत्पादन, उत्कृष्ट कृषकलगायतलाई सम्मान गरिएको थियो ।

सहकारीले गत आर्थिक वर्षमा १ करोड ८४ लाख ७६ हजार ८ सय १८ रुपैंया बराबरको ६ लाख ५८ हजार ९ सय ९२ केजी तरकारी बिक्री गरेको  संस्थाका  सचिव छविलाल भट्टराईले बताउनुभयो । 

सम्बन्धित खवर