
तानसेन । पाल्पाको माडी र प्रभास क्षेत्रमा पाइने ऐतिहासिक परम्परागत धान लोप हुँदै गएको छ ।
जिल्लाको प्रभास माडी क्षेत्रमा पाइने निबारा र लिफिया, रुफिफोगन लगायतका धानहरू लोप हुँदै गएको विज्ञहरूले बताएका छन् ।
प्रभास क्षेत्रमा स्थानीय जातको वासस्थान लोप भएको र अन्य झारहरूले ढाकेका कारण यस्ता ऐतिहासिक धानहरू लोप हुँदै गएको हो । प्रभास क्षेत्रमा मेडिकल कलेज स्थापना भएसँगै सिमसार क्षेत्र लोप हुँदै गएपछि ऐतिहासिक धानहरू समेत लोप हुँदै गएको हो ।
प्रभास क्षेत्रमा धान संरक्षण गर्नको लागि राष्ट्रिय जीव बैङ्क खुमलटार काठमाण्डौंको जिन बैङ्कले २० वर्षदेखि अध्ययन गरिरहेको छ । अनावश्यक झारको रूपमा काट्ने र संरक्षण गर्ने नहुँदा जङ्गली धानहरू लोप हुँदै गएको स्थानीयहरू बताउँछन् ।
लोपउन्मूख धानको संरक्षणमा स्थानीयसँगै जनप्रतिनिधिहरूले समन्वय गर्ने वडा अध्यक्ष प्रदीप खनालले बताउनुभयो । सिता कुण्ड, सुकेताल, माडी, गुडुवा लगायतको क्षेत्रमा धान हराउँदै गएको हो ।
प्रभास क्षेत्रमा धान संरक्षण गर्नको लागि राष्ट्रिय जीव बैङ्क खुमलटारबाट समेत जिन भिडाएर त्यसको संरक्षणको लागि यस क्षेत्रमा छर्ने योजना रहेको जिन बैंज्ञानिक बालकृष्ण जोसीले बताउनुभयो ।








