तानसेन बजारमा चहलपहल

पाल्पा ।नेपालीहरूको महान् पर्व दसैँ नजिकिए सङ्गै पाल्पाको तानसेन बजार सहित जिल्लाका अन्य गाउँ तथा बजारमा चहलपहल बढेको छ ।

दसैँ सुरु भएसँगै पढाई, रोजगार र व्यापारको सिलसिलामा अन्यत्र गएकाहरू पाल्पा आएका छन् भने पाल्पा आएकाहरू
धमाधम गाउँ फर्किन लागेका छन् । यही बेला तानसेनका मुख्य व्यापारिक क्षेत्रमा किनमेल गर्नेको भीड बढ्दै गइरहेको छ ।

अहिले यहाँका स्थानीय बजारमा किनमेल गर्नेको भिड लागेको छ । जिल्लाको तानसेन ,सराइ रामपुर लगायतका बजारमा किनमेल गर्नेको घुइँचो लागेको छ । अहिले सबैभन्दा बढी लुगा ,कपडा, र खाद्यान्नको सामान बिक्री हुने गरेको व्यापारीले बताएका छन् ।

दसैँ तिहारमा नयाँ लुगा लगाउने मिठो खाने प्रचलन अनुसार बजारमा किनमेल गर्नेको भिड लागेको तानसेनका व्यापारी राम बहादुर थापाले बताउनुभयो ।

दसैँमा सबै परिवार जम्मा भएर रमाइलो गर्ने मिठो मसिनो खाने गर्दछन् । पहिले फाट्टफुट्ट ग्राहक आउने गरेको भए पनि दसैँ सुरु भएदेखि बजारमा किनमेल गर्नेको भिड लाग्ने गरेको थापाको भनाई छ ।

सम्बन्धित खवर