बतासे डाँडामा चङ्गा चैट 

पाल्पा । रोट्रायाक क्लब अफ पाल्पा तानसेनले तानसेन स्थित बतासे डाँडामा  चङ्गा चैट , सरसफाइ कार्यक्रम र बडा दसौँ २०८० को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम  गरेको छ ।

विगत १३ वर्ष देखि क्लबको सिग्नेचर इभेन्ट को रूपमा रहेको चङ्गा उडाउने कार्यक्रमलाई यस वर्ष पनि क्लबले निरन्तरता दिएको हो ।

बडा दसैँ २०८० को उपलक्ष्यमा हराउँदै गएको चङ्गा उडाउने चलनलाई जगेर्ना गरी संस्कृति को संरक्षणमा टेवा पुग्ने विश्वास लिएको क्लबका अध्यक्ष विक्रम सिंहले बताउनु भयो ।

आगामी दिनमा पनि बतासे डाँडा सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइने चङ्गा चैट तथा सरसफाइ कार्यक्रम का संयोजक विनोद रानाभाटले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय