
तानसेन । रामपुरका मालपोतको राजस्व वडा कार्यालयमा सङ्कलन हुने भएको छ । यस अगाडी हरेक वडाका नागरिक राजस्व बुझाउन नगरपालिका नै जाने गर्दथे ।
नागरिकको सास्तीलाई मनन गर्दै वडाबाट नै राजस्व सङ्कलन गर्ने गरी कार्य अगाडि बढाएको रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो ।
उहाँका अनुसार थोरै रकमका लागि मालपोतको राजस्व बुझाउन गाडी भाडा खर्चेर र धेरै समय लगाएर नगर कार्यपालिकाको कार्यालयमा आउने हुँदा अब मालपोतको राजस्व सबै वडा कार्यालयबाट लिइने बताउनुभयो ।
वडाबाट हुने विभिन्न सिफारिस र घटना दर्ताको मात्रै राजस्व सङ्कलन गरिरहेको वडा कार्यालयले अब मालपोतको राजस्व पनि सङ्कलन गर्ने भएको छ ।