
पाल्पा । तानसेन ९ टिन्टीआँपमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौँ वार्षिक साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम गरिएको कार्यक्रमका संयोजक धनपती गैरेले बताउनुभयो ।
उहाँका अनुसार लायन्स क्लब अफ माण्डव्य, लायन्स क्लब अफ विपना, लायन्स क्लब अफ प्रभास, लायन्स क्लब अफ माडी र मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा १२ जनाले रक्तदान गरेका छन् । त्यस्तै अन्य व्यक्तिहरूले पनि आवश्यक परेको बेला रक्तदान गर्ने गरी आफ्नो ब्लड ग्रुप टिपाएर जुनसुकै बेला तयारी रहने बताएका छन् ।