पर्यटन पत्रकार संघ पुनर्गठन

पाल्पा । नेपाल पर्यटन पत्रकार महासङ्घमा आबद्ध पत्रकारहरूले संस्थाको नाम परिवर्तन गर्दै कार्यसमिति पुनर्गठन गरेका छन् । संस्थाको नाम लुम्बिनी पर्यटन पत्रकार सङ्घ बनाइएको छ । 

शुक्रवार पाल्पाको वसन्तपुरमा आयोजना गरिएको भेलाले उक्त निर्णय गरेको हो । भेलाले पुनः भुवन कार्कीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बेनिमाधव बस्याल, महिला उपाध्यक्षमा विष्णु खनाल, महासचिवमा कपिल ज्ञवाली, सचिव भुवन रायमाझी, महिला सचिव यमकला भुसाल र कोषाध्यक्ष प्रेम सुनार चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा बबिता विष्ट, रजनी योगी, लक्ष्मी तिमिल्सना, दिनेशकुमार श्रेष्ठ, भुवन जिसी, हरि घिमिरे, विष्णु डिसी तथा अभिषेक राव रहनुभएको छ । 

सङ्घको पहिलो बैठकले सचिवालय समेत गठन गर्ने निर्णय भएको महासचिव कपिल ज्ञवालीले बताउनुभयो। संस्थाको नाम परिवर्तन भएपछि अब स्वतन्त्र रूपमा लुम्बिनी पर्यटन पत्रकार सङ्घ दर्ता हुने ज्ञवालीले जानकारी दिनुभयो।

नाम परिवर्तनसङै केन्द्रमा रहेको नेपाल पर्यटन पत्रकार महासंघ संस्था अलग भएको छ । 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय