पाल्पा । माथागढी गाउँपालिकाका मुख्य बजारका पसलहरूमा अनुगमन गरिएको छ ।
पालिकाभित्रका सराइ, खहरे, रुप्से, गोठादी लगायतका स्थानका पसलहरूमा अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ ।
अनुगमनका क्रममा म्याद नाघेका ९ हजार १ सय रुपैयाँ बराबरको खाद्य तथा पेय पदार्थ जफत गरी नष्ट गरिएको गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्चेले बताउनुभयो ।
चाडपर्व नजिकिँदै गर्दा गाउँ तथा बजारमा हुने कालोबजारी कम गर्न जिल्लाका १० वटै पालिकामा अनुगमन तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।