विश्व नेत्र दिवसको अवसरमा डाक्टर सुचेन पुनलाई सम्मान 

तानसेन। पाल्पामा विश्व नेत्र दिवसको अवसरमा विभिन्न कार्यक्रम भएका छन् ।

आँखा लाई माया गरौँ भन्ने मूल नाराका साथ जिल्लामा कार्यक्रम गरिएको हो । तानसेनमा आयोजित कार्यक्रममा  नेपाल नेत्र ज्योति सङ्घ र पाल्पा लायन्स लाकोल आँखा अस्पतालले डाक्टर सुचेन पुनलाई सम्मान गरेको छ ।पुनले यस अघि भारतको आइकोन संस्थाबाट आँखाको सेवा राम्रो गरेको भन्दै  सम्मानित हुनुभएको थियो ।

कार्यक्रममा सम्मानित हुँदै पुनले आँखा जस्तो संवेदनशील अङ्गमा बेवास्ता गर्न नहुने बताउनुभयो ।

उहाँले प्रत्येक ६,६ दिनमा  आँखाको जाँच गर्न आवश्यक रहेको बताउनुभयो । साथै आज नै तानसेनको बसपार्क मा चालक र सहचालकको आँखा जाँच समेत गरिएको थियो । 

सम्बन्धित खवर