
तानसेन । पाल्पामा बंशजको आधारमा नागरिकता लिनेको सङ्ख्या बढेको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाका अनुसार आर्थिक वर्ष ७९/८० मा ११ हजार १ सय ३४ जनाले वंशजको आधारमा नागरिकता बनाएका थिए भने चार हजार चार सय ७२ जनाले प्रतिलिपि बनाएका थिए ।
यस्तै आर्थिक वर्ष ८०/८१ को साउन महिनामा वंशजको आधारमा ११ सय १६ र ४ सय २७ जनाले प्रतिलिपि बनाएका हुन् । भदौमा वंशजको आधारमा पाँच सय ९६ र दुई सय ९३ प्रतिलिपि बनेका छन् भने असोज २५ गते सम्म बंशजको आधारमा चार सय ५२ र एक सय तीन नागरिकताको प्रतिलिपि बनेको सहायक प्रमुख जिल्ला अधिकारी भक्तीसरा रानाले बताउनुभयो ।
रानाका अनुसार नागरिकता हराएको, च्यातिएको, विवरणमा त्रुटि भएको लगायतका कारणले गर्दा वंशज सङ्गै प्रतिलिपि लिने सेवाग्राही पनि थपिएका हुन् ।







