अनुगमनको प्रभाव : व्यापारी र उपभोक्ता दुवै सजग

तानसेन । पाल्पामा केही वर्ष यता अनुगमनले तीव्रता पाएसँगै व्यापारी र उपभोक्ताहरू सजग हुन थालेका छन् ।

दसैँको चहलपहल सुरु भएसँगै लत्ताकपडा, खाद्यान्न एवम् हरेक वस्तुको भाउ उकालो लागेको छ । दसैँका मुखमा हरेक माल वस्तुको भाउ वृद्धि हुँदा सर्वसाधारण उपभोक्ता मारमा पर्ने गर्छन् । अहिले नेपाली बजार वस्तु र सेवाका लागि बजारजस्तो छैन, तर सरोकारवाला निकायले अनुगमन गरेपछि  भने व्यापारी र उपभोक्ता दुवै सजग हुन थालेका छन्  ।

तानसेन ७ कि इन्द्र कुमारी भट्टराईलाई कुन सामानको कहाँनेर म्याद भएको नभएको लेख्छ आफूलाई हेर्न नआउने गुनासो गर्नुहुन्छ । आफूले नजाने पनि सामान किनेर घर ल्याएपछि नातिनातिनालाई हेरिदिन पठाउने उहाँको बानी छ । पछिल्ला केही वर्ष यता प्रशासन कार्यले अनुगमन गर्न थालेपछि आफू पनि सजग भएको भट्टराईको भनाइ छ ।

विशेष गरी अन्य  समयमा भन्दा चाडपर्व नजिकिँदै गर्दा उपभोक्ता मारमा पर्ने भन्दै जिल्ला प्रशासन कार्यालयले अनुगमनका कार्यलाई महत्वका साथ अगाडि बढाएको छ ।  पाल्पाका गाउँ तथा नगरका पसलमा यति बेला अनुगमनले तीव्रता पाए सङ्गै आफू कारबाहीमा परिने डरले व्यापारीहरू  सजग बनेका छन् भने उपभोक्ता हरुले सामानको म्याद हेरेर प्रयोग गर्ने,  खरिद गर्ने बताएका छन् ।

तानसेनमा विगत २५ वर्ष देखि व्यापार गर्दै आउनु भएका  व्यापारी सुरेश कुमारले आफूहरू पनि कहिलेकाहीँ झुकिने हुँदा उपभोक्ता आफैले सामानको मिति हेर्नुपर्ने बानी बसाल्न आग्रह गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पा , नगरपालिका , गाउँपालिका , उद्योग वाणिज्य सङ्घ ,प्रहरी, स्वास्थ्यकर्मीको टोलीले बजार मा भएका अनियमितता , मूल्यवृद्धि ,म्याद नाघेका सामाग्री , सरसफाइको अनुगमन गर्ने गर्छ । अनुगमन नगर्दा कुन सामान कहाँ राख्ने , कसरी सरसफाइ गर्ने भन्ने कुरा थाहा नभएको  र अनुगमन गरेपछि गल्ती नदोहोर्‍याउने  तानसेन बजार मै व्यापार गर्दै आउनुभएकी  अर्का व्यापारी पवित्रा भट्टराईले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले आर्थिक वर्ष ८०/८१ को साउन महिना बाट हरेक स्थानीय तहले वर्ष को  कम्तीमा ३ पट्क  बजार अनुगमन गर्नुपर्ने कार्यविधि बनाएको छ । समय समयमा छड्के जाँच गरी कारबाही तथा सुझाव दिने गरेको पाल्पाका  प्रमुख जिल्ल अधिकारी बन्धु प्रसाद बास्तोलाले बताउनुभयो ।

१० पालिका रहेको पाल्पा जिल्लामा सरकारी निकायले पर्व नजिकिँदै गर्दा खाद्य सामग्री, सार्वजनिक यातायातका साधन, मासु, तरकारी, पानी, दूधलगायतमा बजार अनुगमन तीव्र बनाएको छ ।तर उपभोक्ता शिक्षासम्बन्धी सचेतना र बजार अनुगमनको कार्य योजना तयार गरी कार्यान्वयन गर्ने, उपभोक्ताहरूलाई सचेत बनाई उनीहरूको अधिकार जागरूक बनाउनका लागि उपभोक्ता शिक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका पूर्ण रूपमा अनुगमनले सार्थकता पाउने सरोकारवालाको बुझाइ छ ।

सम्बन्धित खवर