पाल्पा । पाल्पाका अधिकांश खानीबाट निकासी हुने चुनढुंगाको नापतौलका लागि आवश्यक धर्म काँटा निर्माण नभएको पाइएको छ ।
मापदण्ड विपरित चुनढुंगा ओसारपसारमा पल्केका उद्योगी व्यवसायीहरुले धर्म काँटा निर्माण तथा सञ्चालनमा व्यवास्ता गरेका छन् । जसले गर्दा खानी दोहन हुनुका साथै सडक पूर्वाधारमा समेत क्षति पुगेको छ । यसै बिच पाल्पा सिमेन्टले माथागढी –७, रहवासको चुनढुंगा खानीमा पहिलो पटक नापतौलका लागि धर्म काँटा निर्माण गरेको छ । खानी तथा भूगर्भ विभाग र डिभिजन वन कार्यालयको अनुगमनपछि धर्म काँटा राख्न दिएको निदे¥शन अनुसार पाल्पा सिमेन्टले इन्डस्ट्रीज प्रालिले धर्म काँटा निर्माण गरेको हो ।
जिल्लाका खानी उद्योगहरुमा धर्म काँटा नहुँदा टिप्परले क्षमताभन्दा बढी चुनढुंगा ढुवानी गदै¥ आएका छन् । खानी उद्योगले धर्म काँटा निर्माण गरेपछि मापदण्ड अनुसार टिप्परले चुनढुंगा बोक्ने विश्वास माथागढी गाउँपालिकाका प्रवक्ता शकंर दर्लामीले बताउनुभयो । उहाँले नापतौलको व्यवस्था नहुँदा टिप्पर व्यवसायीहरुको मनोमानीले गर्दा नागरिकले समेत सास्ती खेप्नु परेकोले अब समस्याको समाधान हुने बताउनुभयो ।
धर्म काँटा नहुँदा १० टन क्षमताका टिप्परले १७ देखि २० टनसम्म चुनढुंगा ओसारपसार गने¥ गरेका थिए । जथाभावी चुनढुंगा लोड गरेर टिपर गुड्दा भएको क्षतिका विषयमा सर्वसाधारणले गुनासो गरेपनि अहिलेसम्म निकास पाउन सकेको थिएन । चुनढुंगा निकासीको परिमाणमा समेत अन्योल रहेको अवस्थामा राखिएको धर्म काँटाले धेरै समस्या समाधान गने¥ माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो । चुनढुंगा खानीमा धर्म काँटा राखिएको यो पहिलो हो । अन्य खानीमा धर्म काँटा छैन ।
निस्दी गाउँपालिकाका दुईवटा खानी सञ्चालनमा रहेकोमा एउटामा निर्माणाधीन अवस्थामा छ भने अर्काेमा निर्माण गरिएको छैन । निस्दीको होङ्सी सिमेन्टमा निर्माणाधीन रहेको र सवो¥त्तम सिमेन्टमा निर्माण नै नभएको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिनुभयो । तिनाउ गाउँपालिकामा ६ वटा खानी सञ्चालनमा रहेका छन् । तर कुनैपनि खानीमा धर्म काँटा निर्माण नभएको तिनाउ गाउँपालिकाका राजस्व शाखा प्रमुख निरञ्जन लामिछानेले जानकारी दिनुभयो । हरेक खानी उद्योगमा अनुमति लिने समयमै धर्म काँटा राख्नुपर्ने भएपनि विभिन्न बहानामा धर्म काँटा निर्माण गरिएको छैन । उद्योगीहरूले खानी तथा भूगर्भ विभागमा उद्योगीहरूले कति उत्खनन् गरे भन्ने आफैले स्वघोषणा गरेर रोयल्टी बुझाउने चलन छ । यो प्रचलनले खानीको दोहनमा सहयोगी भूमिका खेलेको बताउँदै धर्म काँटा निर्माण भएपछि समस्या अन्त्य हुने सांसद नारायणप्रसाद आचार्यले बताउनुभयो ।