निस्दी-७ मा पहिलो पटक बिजुली

पाल्पा । निस्दी गाउँपालिका वडा नम्बर ७ मा पहिलो पटक बिजुली बलेको छ ।

वडाको ज्यामिरे बतासा र सिन्दुरे गाउँमा पहिलो पटक बिजुली बलेको हो । सामुदायिक विद्युतका लागि  बर्सेनि  रकम बुझाउँदै आएतापनी लामो समयपछि गाउँमा बिजुली आइपुग्दा स्थानियबासीहरु खुसी भएका छन् ।

४५ घरपरिवार रहेको उक्त गाउँमा बिजुली पुर्‍याउन स्थानीय नागरिकको सहयोग रहेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारूले बताउनुभयो । अझै पनि गाउँपालिकाका सबै क्षेत्रमा सुविधा युक्त बिजुली पुर्‍याउन नसकिएको भन्दै सारूले निस्दीको बेभोके,रोल्लाबास,मदनपुर लगायतका टोलमा पोल गाड्ने र तार तान्ने कार्यले तीव्रता पाएको बताउनुभयो ।

गाउँमा बिजुली बत्ती आएपछि उज्यालो सङ्गै  विद्यार्थीहरूलाई पढ्न,रेडियो सुन्न र टिभी हेर्नका लागि सजिलो हुने नागरिकहरूले अपेक्षा लिएका छन् ।

सम्बन्धित खवर