इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा दीप प्रज्वलन

तानसेन । पाल्पामा अनेरास्ववियु कमिटीले दीप प्रज्वलन गरेको छ । 

इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा पाल्पाको सीत्तलपाटीमा बुधबार साझ दीप प्रज्वलन गरेको हो ।

कृषि अध्ययनका लागि इजरायल पुगेका १० जना नेपाली विद्यार्थीको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो ।
इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायल गएका थिए ती मध्य १० जनाको असोज २० गतेको आक्रमणमा ज्यान गएको थियो ।

दीप प्रज्वलन कार्यक्रममा वक्ताहरूले सरकाले नेपाली युवाका लागि देशमा अवसर कायम नगरी बाध्य भएर बिदेसिनु पर्ने बताएका थिए ।

सम्बन्धित खवर