पाल्पामा यात्रु सहायता कक्ष स्थापना

पाल्पा ।जिल्ला प्रहरी कार्यालय पाल्पाले यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै कार्यालयले तानसेन नगरपालिका वडा नम्बर ६ स्थित बसपार्कमा सहायता कक्ष स्थापना गरिएको पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले बताउनुभयो ।

पर्वको अवसरमा सवारी साधनको चाप एवं यात्रुहरूको आवतजावत बढ्दै जाने भन्दै प्रमुख शर्माले साधनको चापलाई व्यवस्थापन गर्न र यात्रुहरूको समस्यालाई समाधान गर्नका गर्नका लागि कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सम्बन्धित खवर