चाडपर्वमा सजग रहन प्रहरीको अनुरोध

पाल्पा । चाडपर्वमा सजग रहन जिल्ला प्रहरी कार्यालय पाल्पाले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले चाडपर्व लक्षित सूचनामार्फत सभ्य पूर्वक सुरक्षित रहेर विजया दशमी, तिहार र छठ जस्ता पर्व मनाउन आग्रह गरेको हो ।

पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले घर तथा कोठा छोडेर अन्यत्र जानुपर्दा घरको झ्याल–ढोका राम्रोसँग बन्द गरी नजिकको विश्वासिलो छिमेकीलाई खबर गरी जान, आफ्नो घर कोठामा भाडामा बस्ने व्यक्ति तथा काम गर्ने मानिसहरूको स्पष्ट नाम, थर, वतन, परिचय खुल्ने कागजात, फोटोसहितको अभिलेख राख्न, बहुमूल्य गरगहना लगाएर कुनै मेला पर्व तथा भिडभाडमा नजान उहाँले अनुरोध गर्नुभएको छ ।

यस्तै भिडभाड हुने स्थानहरूमा सामान चोरी तथा पाकेटमार हुन सक्ने हुँदा चनाखो रहन, यात्रा गर्ने क्रममा अपरिचित मानिससँग घुलमिल भई व्यक्तिगत गोपनीयता नखोल्न ,अपरिचित व्यक्तिले दिएको कुनै पनि किसिमको तरल पदार्थ वा खानेकुरा नखान, विस्फोटक वस्तु प्रयोग नगर्न, नशालु पदार्थ सेवन नगर्न, घर टोलमा सिसिटिभी, इमरजेन्सी साइरन जडान गर्न, चिट्ठाको भर नपर्न, पर्वको नाममा अवाञ्छित, आपराधिक क्रियाकलाप नगर्न आग्रह गर्नुभएको छ ।

साथै केही समस्या परेमा नजिकैको प्रहरी, यात्रु सहायता कक्ष र एक सय नम्बरमा सम्पर्क गर्न शर्माले अनुरोध गर्नुभएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय