विद्यार्थीको शैक्षिक विकासका लागि  तानसेनमा एक दिने अनुशिक्षण कार्यक्रम

पाल्पा ।तानसेन नगरपालिका वडा न  ४ मा रहेको मोहनकन्या माध्यमिक विद्यालयमा  अनुशिक्षण कार्यक्रम गरिएको छ ।

सकारात्मक सोच,उत्प्रेरणा पठन संस्कृति (अध्ययन संस्कृति ) अभिवृद्धि गरी व्यक्तित्व विकास गराउने उद्देश्यले  विद्यार्थीहरूलाई  अनुशिक्षण कार्यक्रममा सहभागी गराइएको मोहनकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक प्रसाद ज्ञवाली ले बताउनुभयो ।

उहाँले विशेष गरी कम्प्युटर, विज्ञान, गणित, नेपालीजस्ता विषयका विषयवस्तुका व्यवहारिक पक्षसँग जोड्न सकिने उदाहरण,  मानिसका खाद्य व्यवहार, सांस्कृतिक परम्पराका विविध पक्षलाई विज्ञानसम्मत र प्रमाणिक आधारमा जोडेर सिकाउनलागि अनुशिक्षण दिइएको बताउनुभयो ।

कार्यक्रममा  पुलचोक इञ्जिनियरिंग क्याम्पसका कम्प्युटर विभाग प्रमुख डाक्टर सुरेन्द्र श्रेष्ठले विद्यार्थीहरूलाई शिक्षण गराउनुभएको थियो ।

विद्यार्थीहरूसँगको प्रस्तुतिमा डा. श्रेष्ठले कम्प्युटर सि प्रोग्रामिंगको सचित्र प्रस्तुति दिँदै गणित विज्ञान, नेपाली लगायत विषयमा विषयवस्तुलाई आफूसँग जोडेर बुझ्न सकियो भने सिकाइ प्रभावकारी हुने बताउनु भयो । हरेक विद्यार्थीले हरेक पाठमा दिइएका विषयवस्तुमा आफ्नो स्थान खोज्नु आवश्यक भएको बताउनु भयो ।

त्यसै गरी कक्षा शिक्षणका क्रममा शिक्षकलाई पटक पटक प्रश्न सोधेर प्रस्ट हुन प्रेरित गर्दै विद्यार्थीले सामाजिक सांस्कृतिक परम्परागत पक्षहरूलाई प्रमाणिक आधारमा र प्रमाण नपुगेको अवस्थामा अरूको विचारलाई कदर गर्दै सम्मान गर्नुपर्ने बताउनु भयो ।

उहाँले विद्यार्थीका आहार विहार, महिनावारीजस्ता जैविक क्रियाहरू र मनोवैज्ञानिक असरका कारण विद्यार्थीमा हुने अप्ठ्याराहरूलाई चिन्ने र चिर्दै अध्ययनलाई उत्कृष्ट बनाउन प्रेरित गर्नुभयो । उहाँले ग्रेड सिटको उपलब्धि खास ठुलो कुरा नभए पनि व्यवहारिक जीवनमा सफल हुनका लागि पढ्नुपर्ने बताउनु भयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय