
तानसेन। पाल्पामा विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा जनचेतना र्याली सहित सडक नाटक प्रस्तुत गरिएको थियो ।
हाम्रो दिमाग हाम्रो अधिकार” भन्ने नाराका साथ जिल्लामा यो दिवस मनाइएको हो ।रोटरी क्लब अफ पाल्पा लुम्बिनी र लुम्बिनी मेडिकल कलेज पाल्पाको सहकार्यमा जिल्लाको तानसेन नगरपालिकाका विभिन्न क्षेत्रमा सचेतना र्याली निकालिएको थियो थियो नगरपालिका परिसर नजिकै सडक नाटक देखाइएको थियो ।
मानसिक स्वास्थ्य समस्याका मनाेराेगीहरूकाे औषधि भनेको स्नेह माया ममता र रोगको बारेमा कम्तीमा परिवारका एक जनालाई सदस्य लाई आफ्ना समस्या बताएमा पनि उपचारात्मक , प्रतिरोधात्मक तरिकाले हल गर्न सकिने लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल लिमिटेडका एशाेसियट्ड प्रोफेसर एवं नशा तथा मानसिक रोग विशेषज्ञ डा. र्भाष्कर शर्माले बताउनुभयो ।
मानसिक समस्याका बिरामीको सङ्ख्या उच्च हुँदै जाँदा परिवारका सदस्यहरू चनाखो बन्नुपर्ने , कुरा सुन्ने र समाधान निकाल्ने , एक्लो महसुस हुन नदिने , आफ्नोपनको आभास दिलाउने , खुलेर कुरा गर्न सक्ने वातावरण तयार गर्नुपर्ने रोटरी क्लब अफ पाल्पा लुम्बिनीका सचिव मुक्तिराम भुसालले बताउनुभयो ।
उहाँका अनुसार बिरामी हरू टोलाउने , आफू एक्लो भएजस्तो महसुस गर्ने , रुने , एकोहोरिने जस्ता लक्षण देखाउने भएकाले तुरुन्त उपचारका लागि पहल गर्नुपर्ने सुझाव दिनुभएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा तीन हजार ७१ जना मानसिक बिरामी रहेका छन ।