तिनाउ गाउँपालिकाका कर्मचारीको अनसन

पाल्पा । स्थानीय तहमा कार्यरत कर्मचारीको आन्दोलनलाई समर्थन गर्दै तिनाउ गाउँपालिकाभित्र कार्यरत कर्मचारीहरुले गाउँपालिकाको प्रशासनिक भवन अघि मंगलवार विहानदेखि अनसन सुरु गरेका छन् ।

आफूहरुका ११ वटा उत्तम माग रहेको र सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने कर्मचारीहरुको भनाइ छ । सरकारले बेलैमा आफ्ना माग सुनुवाइ गर्ने आशा गरेता पनि हिजो काठमाडौंमा कर्मचारीमाथि भएको दमन र लाठी चार्जप्रति स्थानीय तहका कर्मचारीहरुले गम्भीर रूपमा लिएकाे लेखा अधिकृत शंकर पुरीले बताउनुभयाे ।

संघीय निजामती विधेयकमा असन्तुष्ट स्थानीय तहका कर्मचारीहरुले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमती आवश्यक नपर्ने लगायतका २० बुँदे माग राखेर स्थानीय तहका कर्मचारीहरु सडक आन्दोलनमा छन् ।

सम्बन्धित खवर