एमाले तिनाउको परिचय र प्रशिक्षण कार्यक्रम

पाल्पा । नेकपा एमाले तिनाउ गाउँ कमिटी, पाल्पाले नयाँ सदस्यहरुका बिच परिचय र प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेकपा एमाले, पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले नयाँ सदस्यहरुका जिम्मेवारी र भूमिकाका बारेमा जानकारी गराउँदै नेकपा एमाले तिनाउ गाउँ कमिटीले राखेको कार्यक्रमप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले नयाँ सदस्यहरुलाई पार्टी सदस्यता प्रमाणपत्र वितरण समेत गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटीका सदस्य एवम् स्कुल विभागका सदस्य दलबहादुर गुरुङले पार्टीको नीति विचार, सिद्धान्त तथा कार्यक्रमका साथै २०७९ मा विभिन्न पार्टीले स्थानीय निर्वाचनमा प्राप्त तथ्यांकको विश्लेषण समेत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा तिनाउ गाउँपालिकाका संस्थापक अध्यक्ष ओमबहादुर घर्तिमगरले नेपालभित्र रहेका सबै पार्टीका नीति, विचार, सिद्धान्त र एमालेका बिचमा रहेका भिन्नताका बारेमा नयाँ सदस्यहरुलाई प्रष्ट पार्नुभएको थियो । उहाँले नेकपा एमालेप्रति जनताको विश्वास बढिरहेको बताउँदै कार्यकर्तामुखी एमाले नै पार्टीको विशेषता रहेको उल्लेख गर्नुभयो ।

गाउँ कमिटी उपाध्यक्ष सावित्रा रानाको स्वागत, ऐमानसिह चिदीको सञ्चालन र पार्टी गाउँ कमिटीका अध्यक्ष रोमबहादुर लम्तरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर