
पाल्पा । रिब्दीकोट गाउँपालिकाले पहिरो खसेको क्षेत्रमा अनुगमन गरेको छ ।
रिब्दीकोट गाउँपालिका वडा न ६ र ७ को सिमाना झरेमा सोमबार साँझ पहिरो खसेको थियो । सोही खसेको पहिरोले दुई घर परिवार प्रभावित बनेको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष सहितको टोलीले अनुगमन गरी पहिरोले क्षति पुराएका परिवारलाई तत्कालका लागि सुरक्षित स्थानमा सारिएको छ ।
अध्यक्ष कार्कीले दीर्घकालीन समस्या समाधानका लागि गाउँपालिका लागि पर्ने बताउनुभयो ।