तानसेन । पाल्पा समाज जापानको तेस्रो अधिवेशनमा निरञ्जन गैरे अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ ।
जापानमा भएको पाल्पा समाजको वरिष्ठ उपाध्यक्षमा राजन गैरे, उपाध्यक्षहरूमा सुवास बस्याल, बबिन राना, सुमन न्यौपाने महासचिवमा उमेश अर्याल, सचिवमा गङ्गालाल जी।आर, कोषाध्यक्षमा अनिता पौडेल अनु, सह कोषाध्यक्षमा कोपिला रायमाझी चयन हुनुभएको छ ।
यस्तै सदस्यहरूमा सागर पौडेल, नुना कुँवर, युवराज अर्याल, आकाश अर्याल, विश्व अर्याल, ज्ञानेन्द्र जङ्ग रायमाझी, नारायण घिमिरे, ईश्वर जङ्ग रायमाझी, चर्चिल कार्की, टिकाराम कोइराला, अम्बिका ठकुरी र सरोज कार्की, सनिस बुढा, बल बहादुर उचै मगर, मोहनलाल गैरे रहनुभएको छ ।