
तानसेन । पाल्पाको तानसेन -९ मा बाली उपचार शिविर सम्पन्न भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई को आयोजना मा तानसेन ९ र तानसेन ७ का तरकारी खेती गर्ने कृषकहरूलाई खेतीमा रोग नलाग्न नदिनका लागि शिविर सञ्चालन गरिएको कृषि विज्ञ सागर कार्कीले बताउनुभयो ।
शिविरमा काउली ,बन्दा ,टमाटर , मुला ,सागमा लाग्ने रोग,नर्सरी व्यबस्थापन र ढुसीको उपचार विधि सिकाइएको थियो ।