पाल्पा। जिल्ला प्रहरी कार्यालय पाल्पा गाँजा को बोट नष्ट गर्न लागि परेको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत रहेर दिनहुँ जसो जिल्लाका विभिन्न क्षेत्रमा प्राकृतिक रूपमा बारीमा उम्रिएको गाँजाको बोट नष्ट गरिएको प्रहरी कार्यालयले जनाएको छ ।
पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माको नेतृत्वमा प्रहरी जनप्रतिनिधि र स्थानीय को संयुक्त प्रयासमा
गाँजा नष्ट गरेको हो ।
गाँजा चरेसका कारण समाजमा विभिन्न किसिमका आपराधिक जस्ता क्रियाकलाप हुने भएकोले गाँजाको बोट खोजी तुरुन्तै नष्ट गरिने प्रहरी प्रमुख शर्माले बताउनुभयो ।
पाल्पामा गाँजा खेती नभए पनि प्राकृतिक रुपमा बारीमा उम्रिएको गाँजा सम्भावित स्थानहरुको खोजी गरी प्रहरीले उक्त गाँजा खेती नष्ट गरेको हो ।