
पाल्पा । रम्भा गाउँपालिकामा अध्यक्ष कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।
रम्भा गाउँपालिका १ असेर्दीको खेल मैदानमा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।विजयादशमीको अवसर मा अर्सेदीमा असोज २९ गते देखि कार्तिक ४ गते सम्म खुल्ला क्रिकेट प्रतियोगिता आयोजना गरिएको क्लबका कार्यवाहक अध्यक्ष विजय रानाभाटले बताउनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ दी सिरिजले २ हजार ५ सय, वेस्ट बलर र ब्याट्सम्यानले १ हजार ५ सयका दरले पुरस्कार र शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै म्यान अफ दी म्याचले ५ सयका दरले पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् भने ५ हजार रुपैयाँ दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ ।