प्राणघातक रोग लागेका नागरिक लाई उपचार खर्च हस्तान्तरण 

तानसेन। पाल्पामा प्राणघातक रोग लागेका तीन परिवारलाई नेसनल लाइफ इन्स्योरेन्स पाल्पा शाखाले उपचार खर्च हस्तान्तरण गरेको छ  ।

जिल्लाका तानसेन नगरपालिका ५ का गङ्गा ठडराइ ,रम्भा गाउँपालिकाका मन कुमारी सोमै र तानसेन १२ का पुरुषोत्तम गैरेलाई उपचार खर्च हस्तान्तरण गरेको हो । उहाँ तिनै जना क्यान्सरको बिरामी हुनुहुन्छ । नेसनल लाइफ इन्स्योरेन्स पाल्पा शाखाले प्राणघातक रोग लागेका ३ जनालाई क्रमशः २० लाख रुपैयाँ , १० लाख रुपैयाँ र  ५ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

प्राणघातक रोग लागेका दुवै जनाले २० लाख र १० लाखको ४–४ वर्षको किस्ता जम्मा गर्नु भएको लेखा प्रमुख अर्जुन अधिकारले बताउनु भयो ।

प्राणघातक रोग लाग्दा  आर्थिक सहयोग प्राप्त भएको बिरामीहरूले बताएका छन् । बचत गर्ने बानीले समस्या पर्दा सहज भएको उनीहरूले बताएका छन् ।

सम्बन्धित खवर