जेसिबीमा पुरिएका चालकको  मृत्यु 

पाल्पा ।रामपुरमा जेसिबी पुरिदा चालकको मृत्यु भएको छ ।

रामपुर नगरपालिका वडा न १० मा सडक मर्मतको क्रममा पहिरोमा परि शान्तिनगर गाउँपालिका १ दाङका  घर भई पाल्पामा काम गर्दै आउनुभएका ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार साँझ ६:४० मा  पहिरोमा जेसिबी सहित चालक परेपछि स्थानीय र प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि युनाईटेड मिसन अस्पताल तानसेनमा ल्याइएको थियो ।

उपचारको क्रममा राती २:५० मा खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर