
पाल्पा । रामपुरमा पहिरोले जेसिबी सहित चालकलाई पुरेको छ । वडा न १० मा सडक मर्मतको क्रममा पहिरो खस्दा जेसिबी र चालक पुरिएका हुन् ।
रामपुरको मिलन चौतारी देखि टोक्से जाने पुरानो मोटर बाटो सफाइ गर्ने क्रममा सडक माथि बाट खसेको पहिरोले बा २ ख १९५७ नम्बरको जेसिबि पुरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख सालिक खनालले बताउनुभयो ।
उहाँका अनुसार आइतबार अपराह्न पहिरो खसेपछि तत्काल नै चालकको उद्धार गरिएको हो ।
जेसिबि माथि ढुङ्गा सहितको पहिरो खसेकाले चालकको कम्मर तलको भाग च्यापिएको थियो । उद्धार पछि चालकलाई उपचारका लागि अस्पताल रिफर गरिएको उहाँले बताउनुभयो ।