पाल्पा च्याम्पियनसिप ट्रफी क्रिकेट प्रतियोगिता हुँदै 

पाल्पा ।तानसेनमा पाल्पा च्याम्पियनसिप ट्रफी क्रिकेट प्रतियोगिता हुने भएको छ  ।

तानसेन ९ दमकडाको खेल मैदानमा  दमकडा क्रिकेट क्लबले  तेह्रौँ संस्करणको पाल्पा च्याम्पियनसिप ट्रफी क्रिकेट प्रतियोगिता लिग कम नकआउट चरणमा खेल हुने आयोजकले जनाएको छ । 

खेलाडीमा भएको क्षमतालाई उजागर गर्न प्रतियोगिता आयोजना गरिएको  क्लबका अध्यक्ष छविलाल भट्टराईले जानकारी बताउनुभयो  ।  कात्तिक १८ गतेदेखि सुरु हुने प्रतियोगितामा ८ टिम सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार ट्रफि मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमलाई २५ हजार नगद मेडल र प्रमाणपत्र, म्यान अफ दी सिरिजलाई ५ हजार र प्रत्येक म्यान अफ दी म्याच तथा उत्कृष्ट विधालाई २ हजार रुपैयाँका दरले प्रदान गरिने दमकडा क्रकेट क्लबका बोर्ड मेम्बर अच्युत पाण्डेले बताउनुभयो ।

प्रतियोगितामा निष्पक्ष खेल्ने टिम, म्यान अफ द म्याच, म्यान अफ द सिरिज, वेस्ट क्याच, उत्कृष्ट युवा खेलाडीलाई ट्रफि मेडल र प्रमाणपत्रसहित सम्मान गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा मैदान बाहिर बल क्याच गर्ने दर्शकले १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका कोअर्डिनेटर आदित्य पाण्डेले जानकारी दिनुभयो ।

सम्बन्धित खवर