पाल्पामा लागु औषध सहित दुई जना पक्राउ 

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले  लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

शुक्रवार बगनासकाली गाउँपालिका ५  बाट बारा फेटा गा.पा. २ घर भई जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ४ बस्ने वर्ष २५ का सोहन हुसेन र कास्की पोखरा महानगरपालिका वडा नं. २ बस्ने वर्ष ३१ को किशोर वि.क. लाई पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

सुनौलीबाट बागलुङ बेनी तर्फ जाँदै गरेको यात्रु बाहक बसमा चेकजाँच गर्दा जेब्रा झोला भित्र प्लास्टिकमा पोको पारी राखेको लागू औषध डाईजेपाम १२१ एम्पुल, फेनारगन १२४ एम्पुल, IPPL १२१ एम्पुल फेला परेको प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका उनीहरूलाई  जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको पाल्पाका प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर