
तानसेन ।पाल्पामा शनिवार विधुत अवरुद्ध हुने भएको छ ।
जिल्लामा नेपाल बिधुत प्राधिकरणको वितरण क्षेत्रका सम्पूर्ण एरियाहरूमा विधुत अवरुद्ध हुने पाल्पा वितरण केन्द्रले जनाएको छ ।
नेपाल विधुत पाल्पा वितरण केन्द्र अन्तर्गत ३३ के.भी. बुटवल पाल्पा लाइन मुनि रहेका हाँगाबिँगा काट्नका लागी बिहान ८ बजे देखि १० बजे सम्म विधुत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।









