तानसेन- रिडी सडक खण्ड अवरुद्ध 

पाल्पा । पाल्पा -गुल्मी सडक खण्ड पहिरोका कारण अवरुद्ध बनेको छ ।

जोर्तेमा बिहीबार बिहानै बाट पहिरो खसेर  सडक अवरुद्ध भएको छ । 

तानसेन–रिडी तम्घास सडक खण्ड अन्तरगत रिब्दीकोट गाउँपालिका–२, लघुवा र जोर्तेका बिचमा ठुलो पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

कार्यालयका अनुसार  ढुङ्गासहितको पहिरो खसेकाले सडक खुलाउन केही समय लाग्ने भएको छ ।

सम्बन्धित खवर