निस्दी खोलाको पक्की पुलमा क्षति

पाल्पा । लगातारको वर्षाले पाल्पा रामपुर नगरपालिकाको दुई र तीन जोड्ने निस्दी खोलाको पुलको दुवै छेउमा क्षति पुगेको छ ।

काली गण्डकी कोरिडोर अन्तर्गत निर्माणाधीन अवस्थामा बालुवा र माटो थुपारिएको थियो । सोही थुपारिएको माटो र बालुवालाई पुरी नदीको भेलले पुलको छेउ भाग तथा सडक कटान गरेको हो ।

निर्माणाधीन पुलको वडा नं. २ तर्फको एक वटा स्पान निर्माण पश्चात् वडा नं. ३ तर्फ काम सुरु भइरहेको थियो ।केही समय यता पुल निर्माणको कार्य तीव्र गतिमा भइरहेको थियो ।

पुल निर्माणको लागि थुपारिएको माटोका कारण भेलले सञ्चालनमा रहेको पुलमा क्षति गरेको वडा नं. २ का वडा अध्यक्ष कृष्ण बहादुर दर्जीले बताउनुभयो ।

भेलले रामपुर–३ गण्डकी ढिकका स्थानीयले प्रयोग गर्दै खानेपानीको टंकीमा पनि क्षति पुगेको छ ।

सडकको केही भाग कटान गरेपछि अहिले काली गण्डकी कोरिडोर अन्तर्गत साना हलुका सवारी मात्र सञ्चालनमा रहेको छ केलादी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक प्रकाश पछाईले बताउनुभयो

सम्बन्धित खवर