तिनाउमा जिप माथि पहिरो ,सिर्द्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा ।अविरल वर्षाको कारण पाल्पाको तिनाउ ५ कालीमाटीमा यात्रु बाहक जिप पुरिएको छ ।

प्रहरी कार्यालय पाल्पाका डी एस पी सुगन्ध श्रेष्ठका अनुसार लु ३ च ५३४२ नम्बरको जिप लेदो सहितको पहिरोले पुरिएको हो । अहिले सिद्धार्थ राजमार्ग अवरुद्ध छ ।

घटनास्थलमा प्रहरी पुग्दै छ । पुरिएका जिपबाट मानिसहरू निस्किएका छन् । विस्तृत विवरण आउन बाँकी छ,’ डिएसपी श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित खवर